चलचित्र ‘बेहुली फ्रम मेघौली’को अग्रिम बुकिङ खुल्ला

...

काठमाडौँ । चलचित्र ‘बेहुली फ्रम मेघौली’को अग्रिम बुकिङ खुल्ला गरिएको छ । आउँदो बिहीबार घटस्थापनामा रिलिज हुन लागेको यो चलचित्रको सोमबारबाट बुकिङ खुल्ला गरेका हुन् ।

देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर ‘बेहुली फ्रम मेघौली’लाई कूल ७३ शो उपलब्ध गराएको छ जसमा काठमाडौं उपत्यकामा ३२ र मोफसलमा ४१ शो बुकिङ खोलेको छ। यस्तै, आइएनआई सिनेमाजले आफ्नो चेनमा रहेका काठमाडौंका दुई हल र बुटवलमा गरि १४ शो दिएको छ भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीमा गरी ९ शो दिएको छ । यसैगरी बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन् ।

केही हलहरुमा एड्भान्स बुकिङ खुल्ला हुन बाँकी नै छ । सम्भवतः पहिलो दिनका लागि सिनेमाले दुई सय बढि सो पाउनेछ। सिनेमालाई साजन काफ्ले र आकाश बरालको संयुक्तरुपमा निर्देशन गरेका हुन्।

चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको साथमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ ।