मंसिर, काठमाडौं । चलचित्र ‘जात्रा’ले हाउसफुलका साथमा ब्यापार गरीरहेको बेला नायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराई ‘जात्रा’ हेर्न कुमारी हल पुगेका छन् । तेस्रो हप्तामा चलिरहेको ‘जात्रा’ हेरीसकेपछि हमालले निकै राम्रो चलचित्र भएको प्रतिक्रिया समेत दिएका छन् । साथै उनले ‘जात्रा’को दोस्रो संस्करणको प्रखाईमा आँफु रहेको पनि बताए ।
यो भन्दा अघि एकसैसाथ बाग्मती चलचित्र हेरेका नायक हमाल र उनकी पत्नी भट्टराईले अहिले एकैसाथ जात्रा हेरेका हुन् । चलचित्र हेरीसकेपछि हमाल पन्ती भट्टराईले चलचित्रले आफ्नो मन छोएको र चलचित्र धेरै राम्रो बनेको पनि बताइन् । उनले जात्राको कथालाई लब्ल्याएर दोस्रो संस्करण पनि बनाउन सुझाव दिएकी थिइन् ।
–
चलचित्रले २ करोड ग्रस कलेक्शन गरेको र व्याससहित लगानी उठाएको कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाको भनाई छ । चलचित्रले अहिले पनि धेरै हलहरुमा हाउसफुलका साथमा ब्यापार गरीरहेको छ ।