प्रमोद खरेललाई प्रत्यक्ष सुन्न भन्दा हेर्नकै लागी यसरी उर्लिन्छ जनलहर

...

मंसिर, काठमाडौं । युवापुस्ता माझ निकै लोकप्रिय आधुनिक गायक प्रमोद खरेलका गीत अधिकांशलाई दर्शकले मन पराएका हुन्छन् । उनले गाएका थुप्रै गीतहरु निकै लोकप्रिय छन् त्यसैले गर्दा पनि प्रमोद खरेल नेपाली दर्शक तथा स्रोता माझ निकै लाकेप्रिय गायकको रुपमा चिनिन्छन् । यसैबिच प्रमोद खरेल देश तथा बिदेशको कार्यक्रममा निकै नै ब्यस्त देखिन्छन् । कार्यक्रममा आउने दर्शकहरुले प्रमोद खरेलको गीत सुन्न भन्दा उनलाई प्रत्यक्ष हेर्न आउने बताउँछन् ।

pramod-kharel-singer-2यहि मंसिरको पहिलो साता नवलपरासीको कावासोतीको देवचुली महोत्सवमा पुगेका प्रमोद खरेललाई हेर्न करिब २५ हजार भन्दा बढी दर्शक उर्लिएका थिए । प्रमोद खरेल आउने भन्न प्रचारप्रसारले गर्दा नै त्यती धेरै जनलहर उर्लिएको पनि आयोजकको भनाई थियो । साथै हामीले कार्यक्रममा आउने दर्शकलाई प्रमोद खरेलका गीत सुन्नकै लागी यसरी आउनुभएको हो भन्न प्रश्नमा केहि दर्शकहरुले सुन्न भन्दा पनि प्रत्यक्ष हेर्नका लागी आँफुहरु आउने बताएका थिए ।
pramod-kharel-singer-6नवलपरासी मध्यबिन्दु नगरपालीका बिष्णु लम्सालले प्रमोद खरेलको गीतहरु धेरे सुन्ने गरेको र प्रत्यक्ष हेर्न मन लागेकोले टाढा बाट भएपछि उनलाई हेर्न आएको बताए । साथै रजहरकी बिन्दु महर्जनले पनि टिभिमा देखिरहेको गायकलाई प्रत्यक्ष भेट्ने इच्छा हुने भनेरै कार्यक्रमसम्म आएको बताइन् । साथै कार्यक्रममा आएका अधिकांश युवाहरु प्रमोद खरेलसँग तस्बिर खिचाउन निकै लाभांवित देखिन्थे । गायक प्रमोद युवापुस्ता माझ बढी लोकप्रिय रहेका छन् । आर्टिस्ट खबरले तयार पारेको रिपोर्ट अनुसार प्रमोद खरेलको गीत प्रत्यक्ष सुन्न भन्दा हेरेर सँगै नाँच्नका लागी दर्शक बढी उर्लिने बुझिएको छ ।
pramod-kharel-singer-9

प्रमोद खरेलको पछिल्लो एक महिना
प्रमोदको गएको एक महिनाको कार्यक्रमहरुको कुरा गर्दा कात्तिक २५ गते कपिलबस्तुको बन्गाईको कार्यक्रममा थिए । भने कात्तिक २६ गते पोखराका दर्शकलाई खुबै नँचाएका थिए । साथै मंसिरको ४ गते नवलपरासीको कावासोतीमा महोत्सवमा ब्यस्त रहे भने मंसिर ८ गते ताम्लेजुंगको कार्यक्रममा ब्यस्त थिए भने त्यसको अर्को दिन कपिलबस्तुको चनौटाको कार्यक्रममा पुगेका थिए । साथै उनी मंसिर ११ गते हेटौंडा कन्सट कार्यक्रमका लागी पुगेका थिए ।

गायक प्रमोद खरेलको प्रस्तुती तलको भिडियोमा हेरौं ।