‘पुरानो डुङ्गा’को माउथ पब्लिसिटी नराम्रो, ‘जात्रा’ले पायो दर्शकको राम्रो साथ

...

मंसिर, काठमाडौं । रामबाबु गुरुङ निर्देशीत चलचित्र ‘पुरानो डुङ्गा’ले प्रदर्शनको केहि दिन सुखद ब्यापार गरेपनि दिनप्रतिदिन ब्यापार घट्दै गएको छ । ‘पुरानो डुङ्गा’ले प्रर्दनको दोस्रो दिन शनिबार राम्रै ब्यापार गर्न सफल भयो तर चलचित्र हेरीसकेपछि फर्कने दर्शकले पनि चलचित्र उत्कृष्ट बनेको छ भन्न सकेनन् । त्यसले गर्दा पनि ‘पुरानो डुङ्गा’लाई नराम्रो असर पर्न गयो । ‘पुरानो डुङ्गा’ त्यतिराम्रो छैन भन्ने माउथ पब्लिसिटीले गर्दा नै अहिले चलचित्रलाई समस्या परीरहेको छ । जसरी चलचित्र प्रदर्शन हुनु अगावै नाम कमाएको थियो त्यो अनुसारको चलचित्र नभएको भन्दै चलचित्र हेरेर हलबाट फर्कने दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
purano-dungaचलचित्रले नराम्रो प्रतिक्रिया झेल्नु परेता पनि अभिनय गरेका कलाकार तथा छायांकारको भने राम्रो तारिफ गरीएको छ । चलचित्रका दुई कलाकार माओत्से गुरुङ र मेनका प्रधानको कामको तारिफ नगर्ने निकै कम भेटिएको छन् ।

jatra_akयता तेस्रो हप्तामा प्रदर्शन भइरहेको ‘जात्रा’ले पनि राम्रो ब्यापार गरीरहेको छ । प्रदिप भट्टराई निर्देशीत जात्राको तारिफका साथमा कलाकारहरुको अभिनयलाई पनि उत्तिकै रुपमा राम्रो मानिएको छ । तुलनात्मक रुपमा हेर्दा पुरानो डुङ्गाुमा भन्दा जात्रामा औषतरुपमा दर्शक बढी देखिएका छन् ।