टेन.एक्स क्लबमा शनिबार राती ‘फेसन गाला नाइट सम्पन्न’

...

काठमाडौँ । काठमाडौंको ठमेलमा रहेको टेन एक्स क्लबमा शनिबार राती ‘फेसन गाला नाइट’ सम्पन्न भएको छ । दर्जन बढी मोडलहरुले बिभिन्न पहिरनमा फेसन शो गरेका थिए । अलिसा शंखरले कोरियोग्राफी गरेको फेसन गाला नाइट भब्यताका साथ सम्पन्न भएको आयोजक संस्था आर.एन.आर.का सिईओ रोशन पुरीले जानकारी दिए । रोशनका अनुसार फेसन गाला नाइट टेन एक्स क्लबमा राती ९ बजेदेखी ११ बजेसम्म चलेको थियो । उक्त कार्यक्रम मार्फत नेपाली कल्चरलाई आर्टको माध्यमबाट विश्व बजारमा पुर्याउने उद्देश्य राखिएको रोशनले जानकारी दिए ।

10x club thamel, kathmandu

कार्यक्रममा अतिथिको रुपमा भ्वाइस अफ नेपालका प्रस्तोता सुशिल नेपालको उपस्थिती थियो । सुशिलले टेन एक्स क्लबमा यो किसिमको फेशन शो भएको देख्दा खुसी लागेको बताए । उनले आफू बिभिन्न क्लबमा जाने तर टेन एक्समा पुग्दा थप आत्मियताको आभास हुने बताए । यस्तै टेन एक्स क्लबका सन्चालक नमराज लामिछानेले अन्य समयमा पनि क्लबमा यस्ता किसिमका कार्यक्रम राखिने जानकारी दिए । शोमा टपर मोडलमा अरबिसा थापा परेकी थिइन् । कार्यक्रमको सन्चालन प्रेरणा गिरीले गरेकी थिइन् ।