चलचित्र ‘गाँजाबाजा’को विवाद नटुंगिदै पहिलो गीत सार्वजनिक (भिडियो)

...

मंसिर, काठमाडौं । चलचित्र ‘गाँजाबाजा’ टिमले पहिलो गीत सार्वजनिक गरेको छ । लामो समयदेखी चलचित्रको नाम लाई लिएर बिवादमा पर्दै आएको चलचित्र ‘गाँजाबाजा’ले विवाद नटुंगिदै ‘ट्रिप अन द ह्याप्पी मुड’ शिर्षकको गीत सार्वजनिक गरेको हो ।

gaja-baja-movie-songचलचित्रको पहिलो गीतमा दुई युवा गाँजा खाएको देखाइएको छ भने ति युवा राजधानीका बिभिन्न गल्लीमा डुलेको देखाइएको छ । भिडियोमा कलाकार सुशील सिटौला एकसाथी सँग गाँजाको खोजीमा हिडेको देखिन्छ । चलचित्रमा अनुपम शर्मा, शुशिल सिटौला, बर्षा सिवाकोटी, रविन थापा, उद्धव भट्टराई लगायतले अभिनय गरेका छन् ।

लामोसमय देखी चलचित्रको नाम ‘गाँजाबाजा’ बाट गाँजा शब्द हटाइनु पर्ने भनेर चलचित्र बिकासबोर्डले चलचित्र रोकेपछि चलचित्र युनिट अदालतसम्म पुगेको थियो । अदालतसम्म पुगेर गएको भदौ २४ मा निर्णय आउने भनिएतापनि पुनः अदालतले पुस २ गतेका लागी निर्णय मिति सारीदिएको छ । चलचित्र युनिटले सोहि मिति नआउँदै चलचित्रको पहिलो गीत सार्वजनिक गरीदिएको छ । चलचित्र प्रदर्शनमा आउन पाउने या नपाउने पुस २ गतेमात्र थाहा हुने चलचित्रका निर्माण दिपेन्द्र रेग्मीले आर्टिस्ट खबरसँग कुरागर्दै भने । “हामीले जस्तो फिल्म बनाउँछौ त्यो हाम्रो अधिकार हो, राम्रो नराम्रो भन्ने अधिकारी दर्शकलाई छाडिदिँऊ, हाम्रो अधिकारीको लागी हाम्रो लडाई जारी रहन्छ ?”, निर्माण रेग्मीले भने ।

gaja-baja-nepali-movieचलचित्रलाई गणेशदेव पाण्डेले लेखन तथा निर्देशन गरेका हुन् भने गोमा बिष्ट, दिपेन्द्र रेग्मी, नारायण प्रसाद पाण्डे चलचित्रका निर्माता हुन् ।