तितोसत्यमा ‘रादालाम’ ले चिनिएका कलाकार आर पि भट्टराईको निधन

...

मंसिर, काठमाडौं । कलाकार आर पि (रुद्र प्रसाद) भट्टराईको निधन भएको छ । लामो समय देखी कलकारीतामा सक्रिए आर पि विराटनगर स्थित फुपुको घरमा विहान मृत भेटिएको पारिवारीक स्रोतले आर्टिस्ट खबरलाई जानकारी दिएको छ । बिहिबार सांझ उनि फुपुकोमा पुगेका थिए । ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए ।
rp-bhattaraiरादारामले अभिनय गरेको ‘तीतो सत्य’ टेलिश्रृंखला निकै चर्चित थियो । उनी तितोसत्यमा रादारामको भुमिकामा अभिनय गर्दथे । साथै उनले पछिल्लो समय अभिनय गरेको छक्का पञ्जा चलचित्र अहिले पनि नेपाली सिनेमा हलहरुमा चलिरहेको छ ।


उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो । उनको श्रीमति र २ छोरा छन् ।


आज (शुक्रबार) दाह संस्कार नहुने
आरपिको भोली मात्रै दाह संस्कार हुने भएको छ । उनका दुई छोरा तथा आमा काठमाडौंमा रहेको तथा भाई दिल्लीमा रहेको कारण आउन ढिला हुनेभएकोले भोलीमात्रै दाह संस्कार हुने देखिएक पारिवारिक श्रोतले पुष्टि गरेको छ । अहिले विराटनगरमा श्रद्धाञ्जलीको लागी आफन्त तथा शुभचिन्तकहरुको घुईंचो लागेको छ ।