आर. पि. को ‘रादाराम’ नाम कसरी जुरेको थियो ?

...

मंसिर, काठमाडौं । कलाकार आर पि अर्थात रुद्र प्रसाद भट्टराईको शुक्रबार बिहान निधन भयो । उनको निधन भएको खबरले यतिखेर नेपाली कलाक्षेत्र स्तब्ध बनेको छ । आर.पि नेपाली हाँस्य टेलिश्रृंखला तितोसत्यबाट चर्चामा आएका थिए । तितोसत्य भन्दा अघि ५२ घुस्सा ५३ ठक्कर चलचित्रमा अभिनय गरीसकेका थिए । जब उनको तितोसत्यमा दिपक राज गिरीसँग भेट भयो त्यसपछि उनी तितोसत्यमा अभिनय गर्न थालेका थिए ।
RP bhattarai

रादाराम नाम कसरी जुर्यो ?
आर पि भट्टराईले गएको बर्ष आर्टिस्ट खबरसँग कुरागर्ने क्रममा आफुलाई चर्चित बनाउने श्रृय दिपकराज गिरीलाई जाने बताएका थिए । जब तितोसत्यमा अभिनय गर्न थाले दिपकराजले नै रादाराम नाम राखिदिएको बताएका थिए ।

उनले हामीसँग कुरागर्ने क्रममा आफुले दिपकराजलाई सधैं गुरु मान्ने पनि बताएका थिए । उनले अहिलेसम्म तिन दर्जन भन्दा बढी गीत गाईसकेका छन् भने वडा नं. ६, छक्का पञ्जा लगायतका निकै चर्चित चलचित्रहरुमा पनि अभिनय गरीसकेका छन् ।