लोकप्रीय नायिका जल शाहकी छोरी कलशले काभ्रेको चौंरी देउराली गाउँपालिकाका चार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोका लत्ताकपडा, शैक्षिक सामाग्री, स्यानिटिरी प्याड, हर्लिक्ससहितका खाद्य सामाग्री वितरण गरेकी छिन् । साथै, उनले दुई जना विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालाको वार्षिक शुल्कस्वरुप जनही ३५ हजारका दरले ७० हजार पनि प्रदान गरिन् । उनले ५५ विद्यार्थीलाई सहयोग गरेकी छिन् । सानैदेखि सामाजिक सेवामा रुचि राख्ने कलशले ‘शिक्षा फाउन्डेसन’ सुरु गर्दै विद्यार्थीलाई सहयोग गर्न थालेकी हुन् ।
कलशले सहयोग सामाग्री हस्तान्तरण गर्दै भनिन्–‘विद्यार्थीहरुलाई भेटेर सहयोग गर्न पाउँदा निकै खुशी लागेको छ । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु ।’नायिका जल शाहले पनि छोरीको समाजसेवाप्रति आफूलाई गर्व लागेको बताइन् । छोरीको यो इच्छालाई पूर्ण रुपमा साथ दिने उनको भनाई छ।
जल शाह लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । उनकी छोरी कलशले आफ्नो पकेट मनिबाट बचाएर विद्यार्थीहरूलाई रकम र विभिन्न सामाग्री हस्तान्तरण गरेकी जल शाहा बताउँछीन् । जल शाह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन ्। उनले ५० वटा भन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् । उनी आफ्नो परिवारसंग अमेरिकामै सेटल छिन् ।







२३ माघ २०८१, बुधबार १३:१२ 








