कमेडी दरबारबाट बिजय बराल सँगै होष्ट नम्रता पनि निस्किदै

...

काठमाडौँ  । पछिल्लो समय दर्शकहरुले निकै रुचाएको कमेडि सो हो ‘कमेडी दरबार’ । यो सो ले दर्शक हसाउन सफल भईरहेको छ । यो सोले थप चर्चा पाउनुुको कारण हो जज बिजय बराल र गौरी मल्ल । सो राम्रो चलीरहेको थीयो यसैबिच बिजय बरालले यस सो बाट निस्कने घोषणा गरे । र यो लगत्तै यस कार्यक्रमकी होष्ट नम्रता श्रेष्ठ पनि कार्यक्रम बाट बाहीरीने तयारीमा रहेको बुुझीएको छ ।

पूर्वमिस नेपाल समेत रहेकी नम्रता श्रेष्ठको पछिल्लो परिचय कार्यक्रम सञ्चालकको बनेको छ । ‘कमेडी दरबार’ उनले सुरु देखिनै सञ्चालन गर्दै आएकी छन् । अब भने उनले कमेडी दरबार छोड्ने भएकी छन् ।

आफ्नो ब्यस्तता बढेको कारण कमेडी दरबार छोड्न लागेको उनले सुनाइन् । अहिले उनको हातमा फिल्म तथा बाहिरका प्रोजेक्टहरुको काम धेरै आएको छ । त्यसैले ‘कमेडी दरबार’ का लागि समय दिन नसक्ने अवस्थामा उनी पुुगेको बुुझीएको छ । नम्रता अभिनेत्रीको रुपमा पनि देखिँदैछिन् । उनी अभिनित फिल्म ‘रंगी’ आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी अभिनेता सलोन बस्नेतको जोडीको रुपमा देखिँदैछिन् ।