काठमाडौँ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्म पीआरको मुहूर्तसँगै छायांकन सुरु भएको छ । शोभित बस्नेतको निर्देशन र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको ७५ प्रतिशत छायांकन अस्ट्रेलियका विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिनेछ ।
फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायल लगायतको अभिनय रहेको छ ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपीआईसीका गणेश केसी कार्यकारी निर्माता छन् ।







२९ माघ २०८१, मंगलवार १४:५८ 








