
काठमाडौँ । चर्चित टिकटकर अंशु वर्मा टिकटक बनाएर नै करोडपति बने । २५ वर्षका उनी धेरै युवाहरुका लागी उदाहरण समेत बने । उनले अहिले आफुले टिकटक मार्फत कमाएको धेरै पैसा समाजसेवामा पनि लगाउने गरेका छन् । उनले वर्मा नोटकबुक कम्पनि पनि खोलेका छन् जसमा धेरैलाई रोजगार पनि दिएका छन् ।
हालै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको बिषय पनि चर्चामा छ । प्रधानमन्त्रीसँग भेट्न पाएर आफु धेरै खुसी भएको बताउँछन् उनी । प्रधानमन्त्रीसँग एक घण्टा समय बिताएका उनी थप्छन् प्रधानमन्त्रीलाई भेटेर सुुरुमै धन्यवाद भने । उहाँ पनि हामीलाई भेटेर खुसी हुुनुहुन्थ्यो । उहाँले बन्द भएको टिकटक खुुलाईदिनुभयो । यसमा म निकै आभाारी छुु । महेन्द्रनगर घर भएका उनले टिकटकमा आउनुुअघि पढाउने काम पनि गरेका थीए ।
उनी भन्छन् टिकटकमा मात्रै अश्लीलता छैन । सबै एपहरुमा छ तर मान्छेहरुले भ्युजकै लागी मनलाग्दी गर्न थालेर टिकटक बन्द गर्नुपर्ने अवस्था आएको थियो ।