विवाहको विषयमा नायक पल शाह भन्छन्, नभाको कुरा नगर्नुस्

...

काठमाडौँ ।  नायक पल शाहको विवाह चर्चा बेलाबखतमा भईरहन्छ । यसैक्रममा आफ्नो आगामी चलचित्र मायावीको प्रमोशनमा पुुगेका पल शाहलाई पत्रकारहरुले तपाई विवाहको तयारीमा हुनुुहुन्छ रे नी भनेर प्रश्न गरेका थीए । जसमा शाहले हास्दै जवाफ फर्काएका छन् मेरो जन्मदिन आउँदै छ विवाह होईन ।

योसँगै पत्रकारले थप अर्को प्रश्न गर्छन् तपाईले विवाहको कुुरा लुुकाउन खोज्नुुभयो तर तपाईले कोसँग विवाह गर्न लाग्नुुभएको छ भन्नेकुुरा पनि बाहिरीसकेको छ भन्दा पल शाह भन्छन् नभाको कुुरा नर्गनुस् । यदि मैले विवाह गर्ने भए भने सबैलाई थाह भईनैहाल्छ । तर तत्काल यस्तो कुुनै योजना छैन ।

फ्यान फलोईङ धेरै बटुलेका पल शाह परीवारका एक्ला छोरा हुन् । उनकी एक बहिनीको विवाह भईसकेको छ ।