आकाश श्रेष्ठको ‘न्यानो स्पर्श’ सार्वजनिक

...

काठमाडौँ । गायक रमन धिमालको रोमान्टिक नयाँ गीत ‘न्यानो स्पर्श’ सार्वजनिक भएको छ । आरबी खड्काको शब्द, सुवास सेन्चुरीको सङ्गीत गीतमा छ । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठको प्रेम र रोमान्स देखाइएको छ । भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

बुद्ध थापाको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई गायक धिमालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।