काठमाडौँ । चर्चित हास्य कलाकार केदार प्रसाद घिमिरे माग्ने बुढा र सीतादेवी तिमल्सेना चन्द्रमुखी अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्रान्ड एम्बेसडर बनेका छन्। कम्पनीले माग्ने बुढा र चन्द्रमुखीलाई बुधबार आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो। ६ वर्षदेखि अस्ट्रेलियामा सेवा प्रदान गर्दै आइरहेको फिन कनेक्सका प्रमुख विष्णु प्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
होम लोन, बिजनेस लोन, कमर्सियल लोन, इन्भेस्टमेन्ट लोन, एसएमएसएफ लोन र डेभलपमेन्टलगायतका लोनसम्बन्धी विभिन्न सेवा दिँदै आइरहेको फिन कनेक्स फाइनान्सियलको केन्द्रीय कार्यालय अस्ट्रेलियाको सिड्नीमा छ। यसले अस्ट्रेलियाको मेलबर्न, एडिलेड र ब्रिस्बेन लगायतका सहरहरूबाट लोनसम्बन्धी काम गर्दै आइरहेको छ।
कलाकार दम्पतीले अब कम्पनीको प्रचारप्रसारमा साथ दिनेछ भने चाँडै अस्ट्रेलियामा कम्पनीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता हुने बताइएको छ।







९ फाल्गुन २०८१, शुक्रबार १३:१२ 








