‘मिस नेपाल नर्थ अमेरिकाको आवेदन खुला

...

काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका २०२५’को लागि आवेदन खुला भएको छ । अगस्ट २ मा अमेरिकाको न्यूयोर्कमा फिनाले आयोजना हुनेछ । प्रतियोगी १८ देखि २९ वर्षसम्मको उमेर हुनुपर्ने, उत्तर अमेरिका निवासी हुनुपर्ने र विगतमा विवाह समेत नगरेको हुनुपर्ने मापदण्ड राखिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले वक्तव्य जारी गर्दै आइतबारदेखि आवेदन खुला भएको जनाएको हो । मिस नेपाल नर्थ अमेरिका उत्तर अमेरिकाको प्रतिष्ठित नेपाली सौन्दर्य प्रतियोगिता हो ।

उच्च माध्यमिक वा सो सहरको शैक्षिक योग्यता हुनुपर्ने र न्यूनतम उचाई ५ फिट १ इन्च हुनुपर्ने सर्त समेत छ । ‘एकसाथ हिम्मतको यात्रा सुरु गरौं’ भन्ने नारासहित यसवर्षको संस्करण हुन लागेको हो । मिस नेपाल नर्थ अमेरिकाको वेबसाइटमार्फत इच्छुकले आवेदन दिन सक्ने जनाइएको छ ।

अघिल्ला संस्करणमा नर्थ क्यारोलिनाकी अन्ना कोइरालाले मिस नेपाल नर्थ अमेरिका २०२४ को ताज पहिरिएकी थिइन् । सन् २०२३ मा यो उपाधि जुबली शेर्पाले जितेकी थिइन् भने त्यसअघिका विजेताहरूमा सन् २०१८ मा मोनिका घले, २०१९ मा श्रीया गजुरेल, २०२१ मा गरिमा ज्ञवाली र २०२२ मा प्रतियुशा बोहोरा थिए । विजयी हुनेले मिस नेपाल २०२५ को फिनालेमा भाग लिने मौका पाउनेछन् ।