म्याकुरीकि पूर्वपत्नी सडकमा, नशालु पदार्थ सेवन गरेको अनुमान

...

काठमाडौं । चर्चित कमेडियन पवन खतिवडा म्याकुरीकि पूर्वपत्नी सुम्निमा खालिङ सडकमा अलपत्र अवस्थामा भेटिएकी छन् । कपनको पहेँलो पुल छेउमा उनलाई बेहोस भएर लडिरहेको स्थितिमा स्थानीयले देखेका थिए । सुम्निमाले नशालु पदार्थ सेवन गरेर बेहोस भएको अनुमान गरिए पनि आधिकारिक रूपमा थाहा भएको छैन । म्याकुरीसित डिभोर्सपछि उनी काठमाडौंमा फ्ल्याट लिएर आमा र बहिनीसित बस्दै आएकी थिइन् । यसअघि पनि उनी मदिरा सेवन सेवन गरेर सडकमा भौतारिने गरेको बुझिएको छ ।

सुम्निमा मानसिक समस्याबाट पनि पीडित छिन् । उनले लामो समयदेखि एन्जाइटी र डिप्रेसनको औषधि खाने गरेकी थिइन् । विवाहपछि म्याकुरीले उनको स्वास्थोपचार र कुलतबाट छुटाउनका लागि भरमग्दुर प्रयास गरेका थिए । केही समय पत्नीलाई रिह्याभमा समेत लगेर राखेका थिए । तर, अहिलेसम्म पनि सुम्निमाको कुलत छुटेको छैन ।

मदिरा सेवन गर्न नपाए उनी औषधिको ओभरडोज खाइदिन्छिन् । नशाको अवस्थामा सुम्निमाले उग्र व्यवहार देखाउने गरेकी थिइन् । उनी जोकसैलाई हात हाल्न बाँकी राख्दिनन् । म्याकुरीले पत्नीको हातबाट बारम्बार कुटाइ खाने गरेका थिए । यो विषयलाई उनी अहिले आफ्नो ‘कमेडी कन्टेन्ट’ बनाइराखेका हुन्छ्न् ।