पुस, काठमाडौं । कलाकार आर.पी. भट्टराईको निधन भएको आज १२ दिन पुगेको छ । आजको वाह्रौ दिनको पुण्य तिथीमा आर.पी.लाई आर्टिस्टहरुले सम्झिएका छन् । उनको सम्झनामा सोमबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा फूलको गुच्छा तथा माला अर्पण गरीएको हो ।
फूलको गुच्छा तथा माला अर्पण कार्यक्रममा आर्टिस्ट हरिवंश आचार्य, बसुन्धरा भुषाल, दिपकराज गिरी, दिपाश्री निरौला, मनोज गजुरेल, नारद खतिवडा, जीतु नेपाल, संदिप क्षेत्री, उज्ज्वल घिमिरे, सरिता लामिछाने, बर्षा राउत लगायतका कलाकर्मिहरु पुगेका थिए ।
–
आर.पी.को १२ दिन अघि बिराटनगरमा निधन भएको थियो । उनका एक श्रीमति र २ सन्तान छन् । आर.पी.ले हाँस्य टेलिश्रृंखला तितोसत्यमा अभिनय गरेपछि उनलाई लाजालाम उपनामले दर्शकले चिनेका थिए । उनले अभिनय गरेका पछिल्लो समयका वडा नं. ६ र अहिले प्रदर्शन भइरहेको छक्का पञ्जा अत्यधिक हिट चलचित्र हुन् ।







५ पुष २०७३, मंगलवार ०७:४० 








