सुटिंङ्गका लागी हिडेको प्रेमगीत २’ युनिटको गाडी दुर्घटना

...

पुस, काठमाडौं । चलचित्र ‘प्रेमगीत २’ युनिट बोकेको सवारी दुर्घटनामा परेको छ । सुटिंङ्गका लागी पोखरा जाँदै गरेको चलचित्र युनिटको जीप बिपरीत दिशाबाट आईरहेको ट्रकसँग ठोक्किँदा र्दुघटनामा परेको हो । जीपमा निर्माता सन्तोष सेन ,निर्देशक रामशरण पाठकसँगै अभिनेता प्रदिप खड्का र कैलाश कटुवाल सवार थिए ।
prem-geet-2-in-accidentधादिङको गल्छिमा भएको दुर्घटनाबाट निर्माता सन्तोष सेनको दाहिने हातमा चोट लागेको छ भने निर्देशक पाठकको टाउकोमा चोट लागेको छ । राजधानीको ट्रमा सेन्टरमा उनीहरुको उपचार भइरहेको छ भने अवस्था भने सामान्य रहेको बताइएको छ ।

निर्माता सेनका अनुसार आफुहरु चढेको गाडीको गति ठिकै भएको र बिपरीत दिशाबाट आइरहेको ट्रक अत्यधिक गीतमा आउँदा घुम्तिमा दुघटना भएको हो । पोखराको सुटिंङ्गको लागी बुधबार बिहान काठमाडौंबाट ५० जनाको टिम तीन वटा गाडीबाट छुटेका थिए ।

साथै चलचित्र युनिटको दुर्घटनाले गर्दा सुटिंङ्ग भने १ हप्ताका लागी रोकिएको छ ।