दुर्घटना रहस्यः निर्माता सन्तोषले चलाएको जीपको टायर पड्केर ट्रकलाई ठक्कर दिएको थियो

...

पुस, काठमाडौं । चलचित्र ‘प्रेमगीत २’ युनिट सुटिंङ्गका लागी पोखरा जानेक्रममा बुधबार धादिङको बैरेनी गाबिस वडा नं. ८ मा दुर्घटनामा पर्यो । निर्माता सन्तोष सेनले नै चलाएको जीप दुर्घटनामा परेको हो । चलचित्रका ५० जनाको टोली तिनवटा गाडीमा काठमाडौंबाट हिडेको थियो ।
Santosh Sen artist khabar

जीपको टायर पड्किँदा दुर्घटना
प्रहरी कार्यालय बैरेनीले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार निर्माता सन्तोषले चलाएको जीपको अगाडिको दाँया पटट्ीको टायर एक्कासी पड्किँदा अनियन्त्रीत भई बिपरीत दिशाबाट आईरहेको ट्रकलाई ठक्कर दिएको थियो । प्रहरीले गरेको पुष्टि अनुसार जीपमा सवार दुईजना सामान्य घाईते भएका छन् । सवार सन्तोष सेन र रामशरण पाठक घाईते भएको प्रहरीले बताएको छ ।

दुर्घटनाबाट निर्माता सन्तोष सेनको दाहिने हातमा चोट लागेको छ भने निर्देशक पाठकको टाउकोमा चोट लागेको छ । उनीहरुको अहिले ललितपुरस्थित बि.एण्ड बि. अस्पतालमा उपचार भईरहेको छ ।
Click Here for Video