‘पिताम्बर’ को दोस्रो टिजर सार्वजनिक

...

काठमाडौं । मल्टिस्टारर फिल्म ‘पिताम्बर’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ। फिल्मका प्रमुख कलाकार अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो। प्रदीपको फिल्ममा रहेका दृश्यहरूलाई मात्र समावेश गर्दै टिजर ल्याइएको हो। जसमा अधिकांश दृश्य एक्सनका छन्। प्रदीपले ‘पिताम्बर’ मा विभिन्न समयमा दिएका एक्सन दृश्यलाई टिजरमा राखिएको छ। टिजर हेर्दा यो फिल्मका लागि प्रदीपले निकै मेहनत गरेको अनुमान गरिएको छ।

केपी फिल्मस् र पुरूषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको ‘पिताम्बर’मा प्रदीपसहित दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराई लगायतको अभिनय छ।

‘पिताम्बर’ नयाँ वर्षको अवसर पारेर चैत २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।