
काठमाडौं । गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’ का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबार सम्ममा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ ।
‘होस्टेल ३’ चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका यसका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए । ‘ बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,’ कँडेलले बताए ।
उनका अनुसार यस चलचित्रले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ । यस चलचित्रलाई काठमाडौंमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन् ।