
काठमाडौँ । २०६४ सालमा कलाकार बन्ने सपनाका साथ पोखराबाट काठमाडौँ आएका महेश त्रिपाठीको सङ्घर्ष र सफलताःउनले सुरूमा केही सिरियलहरूमा काम गरे । सिरियल गर्दैगर्दा अझै आफूलाई बलियो बनाउन अभिनय पढ्न थाले ।
पढाइसँगै अभिनय गर्न थालेका उनले पहिलो फिल्मबाट नै विश्वप्रख्यात अमेरिकन फिल्म फेस्टिबलबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते । हालसम्म ६ वटा फिल्म खेलेर निरन्तर सङ्घर्षपछि लाज शरणम् पश्चात् अहिले धेरै दर्शकहरुको मन जित्न सफल भएका उनी भन्छन् “आफ्नो सपनाप्रति निरन्तर कर्म र धैर्यता भएमा सफलता अवश्य पाउन सकिन्छ ।