
काठमाडौँ । हालसालैको कुरा हो गायक दुर्गेश थापा आफ्नो कार्यक्रम सकेर राति १०:३० बजे काठमाडौं फर्किंदै थिए। भोक लागेको बेला, उनले विमानस्थलको पार्किङमा चिया-नास्ता बेचिरहेकी आमाको स्टलबाट खाजा खान रुचाए। हेलिकप्टरमा यात्रा गर्ने दुर्गेश चाहेको भए महँगो रेस्टुरेन्टमा खान सक्थे, तर उनले साधारण आमासँगै बसेर खाजा खाए।
खाजाको मूल्य मात्र २६० रुपैयाँ थियो, तर उनले हजार रुपैयाँ दिएर खुसी बाँडे। संघर्षरत आमाको अनुहारमा मुस्कान छर्दै, उनी निस्किए ।
साच्चै, असल मन नै सच्चा सम्पन्नता हो यसकारण उनले यतिबेला थप प्रशंसा बटुलिरहेका छन् ।