भुकम्पको पिडा भुलाउन स्कुल स्कुलमा ‘बल्छि धुर्बे’

...

marich man shreshta ' balchhi dhurbe''

असार, काठमाडौं ।  नेपालमा आएको शक्तिशाली भुकम्प पछि कलाकारहरु यतिखेर राहत बितरण तथा भुकम्पको पिडा भुलाउन बिभिन्न मनोरञ्जनात्मक प्रदर्शनमा व्यस्त छन् । यस्तैक्रममा हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) पनि भुकम्पबाट त्रसित बिद्यार्थी मनहरुलाई पिडा भुलाउने प्रयासमा जुटिरहेका छन् । उनी बैशाख १२ गतेको शक्तिशाली भुकम्पले आफ्नै घर भत्काएको पिडालाई भुलेरै पनि गोरखाका बिभिन्न बिद्यालयमा पुगेर बिद्यार्थीमाफ मनोरञ्जन दिँदै हिडेका छन् ।

“गोरखा जिल्ला भित्र रहेका बिद्यालयमा पुगेर बिद्यार्थीहरुको मनमा भएको भुकम्पीय पिडा भुलाउने प्रयास गरेको छु”, मरिचमानले भने । आर्टिस्ट खबर सँगको कुराकानीमा उनले बुधबार सम्ममा ४९ वटा बिद्यालयमा पुगिसकेको बताए । बिहिबार ५० औं बिद्यालयमा जिल्लाको हरमपुरमा रहेको शक्ति उच्च माध्यमिक बिद्यालयमा जिल्ला शिक्षा अधिकारी, सिडिओ लगायतका व्यक्तिहरुलाई राखेर कार्यक्रम गर्ने समेत उनले बताए । “आफुले जानेको यहि कलाकारीता हो त्यसैले यसैबाट भएपनि गृहजिल्ला भित्र सकेको सहयोग गर्ने प्रयास गरेको छु”, उनले भने । मरिचमानले यो अभियान आफ्नो व्यक्तिगत खर्चमा गरेका हुन् ।

marich man shreshta ' balchhi dhurbe''

मरिचमान जब बिद्यालयमा बिद्यार्थीहरुको अगाडि मेरीबास्सैमा देखिने गेटअपमा देखापर्छन तब बिद्यार्थीहरु निकै खुसी हुन्छन् । बिद्यार्थीमाझ करिब १ घण्टा सम्म उनले प्रस्तुती दिने गरेका छन् । बिद्यालयमा आएर यसरी बिद्यार्थीहरुको मनोवल बढाउने कार्य गरेको भन्दै बिद्यालयहरुले पनि उनलाई सम्मान पत्रले सम्मान गर्दछन् । एकैदिनमा ७ वटा बिद्यालय सम्म पनि पुगेका मरिचमानले बिहिबार ५० औं बिद्यालयमा कार्यक्रमम गरेर यो अभियान रोक्ने बताएका छन् । एकैदिनमा धेरै बिद्यालयमा प्रस्तुती देखाउँदा आफ्नो आवाजमा समस्या आउन थालेपछि बिहिबार बाट यो अभियान रोक्ने र पछि पुनः यो अभियानमा लाग्ने उनले बताए ।

marich man shreshta ' balchhi dhurbe''

दुई साता गोरखामा रहेका मरिचमानले मेरीबास्सैमा यसै साताबाट आफु पनि आउने बताएका छन् । गोरखामा नै रहेकाले मेरीबास्सैमा उनले समय दिन सकेका थिएनन् । कलाकार मरिचमानको गोरखाको टापुकोट १ मा रहेको घर पनि भुकम्पले पुर्णरुपमा क्षति भएको छ भने उनलाई मेरी बास्सै, तितो सत्य लगायतको युनिटले राहत उपलब्ध गराएको बताएका छन् ।

marich man shreshta ' balchhi dhurbe''