‘चोखो माया दिँदा पनि आँखा भरी आँशु’, म्युजीक भिडियो छायांकन सम्पन्न, भिडियो छिट्टै आउने

...

पुस, काठमाडौं । गायिका मनु अधिकारीको एकल स्वरमा रहेको चोखो माया दिँदा पनि बोलको एकल गीतको म्युजीक भिडियोको छायांकन सम्पन्न भएको छ । भक्तपुर पाईलट बाबा आश्रमको पेरिफेरीको मनोरम दृश्यहरुमा छायांकन भएको यस म्युजकी भिडियो यसैसाता बजारमा आएको बताइएको छ ।
music-video-shootingगीतकार सुर्यश्रेष्ठको शब्द र शनम पुरुषको संगीत रहेको यस गीतको भिडियोमा गीतकार सुर्य श्रेष्ठले नै अभिनय गरेका छन् । गीतमा एरेन्ज भने के.बि. भण्डारीको रहेको छ । यसअघि पनि बिभिन्न म्युजीक भिडियोमा मोडलिङ, निर्माण तथा निर्देशन गर्दै आएका सुर्य श्रेष्ठले यसगीतबाट मोडल कल्पना दाहालसँग आफ्नो केमेष्ट्रि राम्रो जम्ने बताएका छन् ।
shoot-of-music-videoसुप्रिम फिल्मस्को ब्यानरमा निर्माण हुने यस म्युजीक भिडियोमा आवश्यक सम्पुर्ण कुरा पुराहुने गरी बनाइएको श्रेष्ठले बताएका छन् । भिडियोलाई रामेश्वर जिरेलले खिचेका हुन् ।
music-video-shoot

dance