नेफ्टा अवार्डः दयाहाङ र नम्रता उत्कृष्ट अभिनेता अभिनेत्री (अवार्ड विजेताको सुची सहित)

...

पुस, दुबई । दुबईमा सम्पन्न ‘नवौं नेफ्टा अवार्ड’मा दयाहाङ राई र नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेता अभिनेत्री अवार्ड पाएका छन् । शुक्रबार साँझ सम्पन्न अवार्ड समारोहमा ‘पशुपतिप्रसाद’ चलचित्र ले उत्कृष्ट चलचित्रको अवार्ड पायो । त्यस्तै पशुपतिप्रसादले उत्कृष्ट संवादमा पनि अवार्ड जित्यो ।
9th nefta award dubai namrata shresthaअवार्ड समारोहमा पुगेका पशुपतिप्रसादका निर्देशक दिपेन्द्र के खनाल भने अवार्ड थाप्न स्टेज चढेनन् उनको सटट कलाकार दिपकराजले अवार्ड बुझिदिएका थिए । नेपालबाट करिब डेढसय जनाको आर्टिस्टको टिम दुबई पुगेको थियो ।

9th-nefta-award-dubai-2
नवौं नेफ्टा अवार्ड बिजेताहरुको सुची यसप्रकार छन् ।

उत्कृष्ट फिल्मः (पशुपतिप्रसाद)

उत्कृष्ट निर्देशकः उज्जल घिमिरे (वडा नम्बर ६)

उत्कृष्ट कथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड् कबड्डी)

उत्कृष्ट पटकथाः सुवर्ण थापा (फन्को)

उत्कृष्ट संवादः खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)

उत्कृष्ट अभिनेताः दयाहाङ राई, ‘कबड्डी कबड्डी)

उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ (क्लासिक)

उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान, (नाई नभन्नु ल ४)

उत्कृष्ट सम्पादनः विपिन मल्ल, (फन्को)

उत्कृष्ट सह अभिनेताः प्रकाश घिमिरे (पशुपतिप्रसाद)

उत्कृष्ट सह अभिनेत्रीः निश्मा घिमिरे (जन्मभूमी)

उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल (प्रेमगीत

उत्कृष्ट कोरियोग्राफरः रेनशा वान्तवा राई (प्रेमगीत)

उत्कृष्ट गीतः डा. कृष्णहरी बराल (नाई नभन्नु ल ४)

उत्कृष्ट गायकः सुगम पोखरेल (प्रेमगीत)

उत्कृष्ट गायिकाः अञ्जु पन्त (प्रेमगीत)

हाँस्य कलाकारः विल्सन विक्रम राई (अधकट्टी)

खलपात्रः विपिन कार्की (पशुपतिप्रसाद)

नव अभिनेत्रीः साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स)

नव अभिनेताः पल शाह (नाई नभन्नु ल ४)

आदिवासी फिल्मः ‘तिमी नभए’

पार्श्व संगीतः सुजिल कर्माचार्य (फन्को)

ध्वनी मिश्रणः उत्तम न्यौपाने (धौली)

एरेञ्जरः राजन ईशान्त (वडा नम्बर ६)

द्वन्द्व निर्देशकः हिमाल केसी (भैरव)

कला निर्देशनः पासाङ टी शेर्पा (वडा नम्बर ६)

भेषभुषाः युवी थापा, योगिता पुनः (प्रेमगीत)

श्रृङ्गारः दिपु पौडेल (को आफ्नो)

पपुलर अभिनेताः अनमोल केसी (ड्रिम्स)

पपुलर अभिनेत्रीः पूजा शर्मा (प्रेमगीत)

पपुलर फिल्मः (ड्रिम्स)
9th-nefta-award-dubai

9th-nefta-award-dubai-4