काठमाडौँ । नक्कली फेसबुक आईडीविरुद्ध कानूनी उपचार खोज्दै रचना रिमाल । गायिका रचना रिमाललाई ‘फेक एकाउन्ट’ले हैरानी दिएको छ । रिमालले भेरिफाइड ‘फेसबुक एकाउन्ट’मार्फत आफ्ना प्रशंसकलाई ‘फेक एकाउन्ट’मा विश्वास नगर्न आग्रह गरेकी छिन् । उनले फेक भनिएको फेसबुक एकाउन्टको लिंक पनि सेयर गर्दै यसविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएकी छन् । गलत कार्य नगर्न र नगराउन आग्रह गर्दै उनले फेक एकाउन्ट बन्द गर्न आग्रह गरेकी छन् ।
उनी लेख्छिन्, ‘तलको फेसबुक पेज मेरो आधिकारिक फेसबुक अकाउन्ट पेज होइन । मैले पहिलेबाट नै उहाँ जो हुनुहुन्छ, म्यासेजमार्फत यस्तो गतिविधि नगर्न आग्रह गरिरहेकी छु तर त्यसलाई बेवास्ता गर्दै निरन्तर संचालन गरिरहनुभएको छ ।’‘कृपया यस्तो गलत काम नगर्न नगराउनुहुन दुई हात जोडेर विनम्र आग्रह गर्दछु । मेरो आधिकारिक पेज होला भनेर कोहिपनि नझुक्किनुहोला बरु रिपोर्ट गरेर साथ दिनुहोला । यस्तो गलत कार्यको कानून उपचार खोज्नेछु ।’








२१ चैत्र २०८१, बिहीबार १७:४४ 








