राजनीतिशास्त्रको पढाई छाडेर हीरो बनेका आर्यन

...

काठमाडौँ । राजनीतिशास्त्रको पढाई छाडेर हीरो बनेका आर्यन । जसले पहीलो सहकार्य नै रेखाा थापासँग गर्ने अवसर पाएका थीए । सुर्खेतका हरिस सिग्देल कलाकारितामा लागेपछि आर्यन सिग्देल नामबाट परिचित छन् । अभिनयमा लाग्ने उनको कुनै योजना थिएन । तर यही काम गरेर उनले दर्शकको माया र दाम कमाएका छन् । आरआर क्याम्पसमा राजनीतिशास्त्र पढ्दै थिए आर्यन । उनको घरबाट सरकारी जागिर खान दबाब थियो ।

यही क्रममै उनका दाजु निराजन सिग्देलले नाच्न मन पराउने आर्यनलाई अभिनयमा लाग्न सुझाव दिए । परीक्षा दिन गएका आर्यनले आफ्नो पढाइको उद्देश्य देखेनन् । त्यसैले परीक्षा हलबाट फर्किए उनी । त्योसँगै उनको औपचारिक अध्ययन रोकियो र अभिनय यात्राको सुरुवात भयो । बिस्तारै अभिनय सिक्दै नृत्य गर्ने तथा अभिनय गर्ने काम गर्थे ,टेलिसिरियलमा पनि सानोतिनो काम गर्ने गर्थे ।

उनले निर्देशक छविराज ओझाको चलचित्र किस्मतमा पहिलोपटक अभिनय गरे । रेखा थापासँग पहिलो पटक ठुलो पर्दा सेयर गर्न पाएका आर्यनको भाग्य यही चलचित्रले परिवर्तन गर्यो । दोस्रो चलचित्र ‘मौसम’ मार्फत उनले सर्वोत्कृष्ट अभिनेता बनेर राष्ट्रिय चलचित्र पुरस्कार पनि प्राप्त गरे । उनी अभीनीत पछील्लो फिल्म  ‘पुजार सार्की’ हो ।