‘नारायणगोपाल युवा संगीत पुरस्कार’ शिवानीलाई

...

काठमाडौँ । ‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाएकी छन् । आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले उक्त पुरस्कार मोक्तानलाई प्रदान गरेका हुन् । मोक्तानलाई प्रमाणपत्र र ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

मदन कृष्णले नारायणगोपालसँग बिताएका विभिन्न रमाइला पलहरूको बारेमा पुराना यादहरू विभिन्न सांगीतिक यात्रामा बिताएका रमाइला रमाइला किस्साहरु सुनाई दर्शकहरुलाई हँसाएका थिए । उनले नारायणगोपालसँग बिताएका तीता मिठा अनुभवहरू पनि बताए ।

कार्यक्रमको समापन अध्यक्ष शंकरबहादुर पाण्डेज्यूले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा नारायण गोपालका गीतहरू रिवाज सिंह, काजल, शाहील एड्रीयन, भीम लिम्बु र मिलन परियारले गाएका थिए ।