‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले गरे नसोचेको खुलाशा

...

काठमाडौँ । ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले फिल्म चलाउन आफेले १०–१२ लाखको टिकट किनेको कुरा खुुलाएका छन् । फिल्मले बक्स अफिसमा इतिहास रचेको भए पनि निर्माताले वर्षको अन्त्यतिर आएर एउटा सनसनीपूर्ण खुलासा गरेका छन् । फिल्म चलाउन निर्माताले लाखौंको टिकट आफैंले खरिद गरेका रहेछन् । निर्माता विनोद पौडेलले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै आफूले टिकट किनेको स्वीकार गरेका हुन् ।

उनले लेखेका छन्, ‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०÷२५ लाखको त टिकट किन्नैपर्छ । १०-१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।’गत कात्तिकमा प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापारमा नयाँ कीर्तिमान बनायो । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार फिल्मले ४६ करोड ८० लाख ग्रस कमाइ गरेको छ ।

binod