सुरवीर पण्डित अझै काम खोज्दै

...

काठमाडौँ। कलाकारिता गरेरै बुढो भएका अग्रज कलाकार सुरवीर पण्डित भन्छन् म अझै पनि काम खोज्दै हिड्छु। मैले काम गरेका धेरै फिल्महरुमा मलाई सुहाउने रोल छ कि हजुर भन्दै निर्माता निर्देशकसंग आफै निवेदन गर्छु।

उनको यो कुरा सुनिरहदा हामीलाई विश्वास लाग्दैन। तर उनि प्रस्ट्याउछ्न् मैले गरेका प्राय कामहरुमा म आफै मलाई काम दिनुहोस भन्दै रिक्वस्ट गरिरहेको हुन्छु।

थोरै कामहरु मात्रै उहाहरुले बोलाएर गरेको छु। यसरि नै जिन्दगी चलिरहेको । उनि थप्छन् खोला कहिले धाउदैन तिर्खा नै धाउनुपर्छ।