‘हेल्लो काँशीराम’ को ‘झ्यामकी मादल झ्याम’ गीत सार्वजनिक

...

काठमाडौं । आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको  गीत डान्सिङ जनरामा आधारित छ ।

गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायत चर्चित कलाकारहरूको ऊर्जा र नृत्य देख्न सकिन्छ । गीतसँगै चलचित्रको प्रचार प्रसारलाई अझ तीव्र बनाउने उद्देश्यले निर्माण टिमले सार्वजनिक गरेको हो । रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गरेका हुन् ।

यम आलेको छायांकन रहेको चलचित्रमा मित्र डी. गुरुङले सम्पादन गरेका छन् । हेल्लो काँशीराममा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायत कलाकारको अभिनय रहेको छ ।