चलचित्र ‘राधे’को फस्टलुक सार्वजनिक, निखिल बनेका छन् कमान्डो

...

पुस, काठमाडौं । नायक निखिल उप्रेतीको मुख्य भुमिका रहेको चलचित्र ‘राधे’को फस्टलुक सार्वजनिक गरीएको छ । नायक निखिल उप्रेती कमान्डोको अवतारमा देखिएका छन् ।

radhe-nepali-movieनयाँ बर्षको दिन (वैशाख १ गते) चलचित्र प्रदर्शनको तयारीमा जुटेको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् ।

चलचित्रमा लेखन तथा निर्देशन जगदिश्वर थापाको छ । हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको चलचित्रमा निखिलका अलवा प्रियंका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरि र सलोन बस्नेतको मुख्य भूमिका छ ।