काठमाडौं । ६ वर्षपछि निरुता सिंह फिल्ममा फर्किँदै छिन् । वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माताको रुपमा जोडिएको फिल्म ‘महावीर’मा उनलाई देख्न पाईने भएको छ । यो फिल्मको छायांकन २६ असारदेखि सुरु गर्ने तयारी छ ।
निर्माताले दुई कलाकारको नाम समावेश गरेर चैत ४ गते चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । जसमा अभिनेत्री निरुता सिंह र अभिनेता आशिर्वाद क्षेत्रीको नाम समावेश छ ।
जसको अर्थ, ६ वर्षपछि यो फिल्मबाट अभिनेत्री सिंहले फिल्ममा कमब्याक गर्ने भएकी छन् । उनी पछिल्लो पटक सन् २०१९ मा रिलिज भएको फिल्म ‘दाल भात तरकारी’मा देखिएकी थिइन् ।







११ बैशाख २०८२, बिहीबार १६:१२ 








