हङकङमा ‘एभरेष्ट म्युजिक नाईट २०२५’ भव्य रूपमा सम्पन्न

...

काठमाडौँ  । हङकङमा ‘एभरेष्ट म्युजिक नाईट २०२५’ भव्य रूपमा सम्पन्न, राष्ट्रिय खेलाडी प्रीति राईलाई ‘वर्ष खेलाडी’ सम्मान
हङकङस्थित वान चाइको क्वीन एलिजावेथ स्टेडियम हलमा ‘एभरेष्ट म्युजिक नाईट २०२५’ भव्यरूपमा सम्पन्न भएको छ । आङबुहाङ सोसाइटी हङकङको प्रस्तुति र मिस नेपाल हङकङ तथा एभरेष्ट ग्रुपको संयुक्त आयोजनामा सम्पन्न यो साँगीतिक साँझले हङकङमा रहेका नेपाली समुदायलाई एकै थलोमा जुटाउँदै भरपूर मनोरञ्जन प्रदान गर्यो ।

एभरेष्ट म्युजिक नाईट २०२५’

कार्यक्रममा चर्चित गायक एकदेब लिम्बु तथा उनको ब्यान्ड, लोकदोहोरी गायक बिमल राज क्षेत्री र गायिका शान्तारानी परियारले सजीव प्रस्तुतीमार्फत दर्शकहरूलाई मन्त्र मुग्ध बनाए। त्यस्तै, लोकप्रिय नृत्य समुह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको जोडीले दमदार प्रस्तुति दिँदै माहोलमा ऊर्जा थपे। मोडल अलिशा शर्मा र उषा उप्रेतीको आकर्षक प्रस्तुति र मकेडियन भरतमणि पौडेलको विशेष प्रस्तुतीले कार्यक्रमलाई झनै विविधता प्रदान गरेको थियो ।

एभरेष्ट म्युजिक नाईट २०२५’

कार्यक्रमको विशेष आकर्षणको रूपमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी होनहार खेलाडी प्रीति राईलाई ‘वर्ष खेलाडी’ को उपाधिसहित विशेष सम्मान प्रदान गरिएको थियो। नेपाल महावाणिज्य दूतावास, हङकङका कार्यबाहक प्रमुख कन्सुलर सतिस गुरुङ, मिस नेपाल हङकङका लोक आङबुहाङ लिम्बु र दिपेन लिम्बु, तथा एभरेष्ट ग्रुपका महासचिव एवं कार्यक्रम निर्देशक मनिष कार्कीको हातबाट उनलाई सम्मान प्रदान गरिएको थियो ।

एभरेष्ट म्युजिक नाईट २०२५’

निर्देशक कार्कीका अनुसार, “कार्यक्रमले प्रवासी नेपालीबीचको एकता, सांस्कृतिक पहिचान र नेपाली भाषा, गीतसंगीतप्रतिको सम्मानलाई अझ सशक्त बनाएको छ।” उनका अनुसार दर्शकहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियालाई मध्येनजर गर्दै यही स्थानमा आउँदो वर्ष २०२६ अप्रिल १८ मा अझ भव्य कार्यक्रमको तयारी थालिएको छ ।

एभरेष्ट म्युजिक नाईट २०२५’