काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ का बिजेता भरमणि पौडेलले व्यवसायमा हात हालेका छन्। उनले चाबहिलको स्तुपा नजिकै ताप्लेजुङ्ग कफी सप खोलेका छन्।
भरतमणिका बाबु आमा र भाई क्याफे संचालनमा लागिपर्ने छन्। उनको क्याफेमा ताप्लेजुङ्गका विशेष परिकारहरुको स्वाद लिन पाईने छ। अर्गानिक खानेकुराहरुलई जोड दिने उनको योजना छ। घोटेको कफी, कोदोको रोटी ,फापरको रोटी,लोकल खाना, खाजा पाइने उनि बताउछन्।
कमेडी जगतको आफ्नो छुट्टै पहिचान बनाएका भरतमणिको क्रेज युवापुस्तामा निकै छ। अब उनलाई भेट्न चाहने फ्यानहरु उनका शुभचिन्तकहरुले क्याफे मा भरतमणि देख्न, भेट्न पाउनेछन्।







१९ बैशाख २०८२, शुक्रबार १०:२१ 








