हलमा जुधेका तिन फिल्म, ओटिटीमा पनि एकसाथ

...

काठमाडौँ । हलमा एकसाथ प्रदर्शनमा आएका तीन नेपाली फिल्म ओटिटी प्लेटफर्ममा पनि एकसाथ रिलिज हुँदैछन्। गत दसैंमा यी फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । यतिबेला ओटिटी प्लेटफर्म एमएसएम भिडिओ एपमा यी फिल्महरू क्रमशः स्ट्रिमिङ भइरहेका छन्। फिल्म ज्वाइँ साब हालसालै यो प्लेटर्फममा रिलिज भएको छ।

एमएसएम एपमा वैशाख १ गते दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म छक्का पन्जा ५ पनि रिलिज भइसकेको छ।  संगै रिलिज अर्को फिल्म १२ गाउँ पनि एमएसएम एपमा स्ट्रिमिङ हुने तयारी छ। यो फिल्म पनि केही सातामै सार्वजनिक हुने बताइएको छ।