तेरियालाई बलिउडमा डेब्यु गर्न सकस

...

काठमाडौँ । नेपाली सिनेनगरीमा डेब्यु गर्दै गरेकी तेरिया मगर भन्छिन् बलिउडमा डेब्यु गर्न एकदमै गाह्रो हुदोरहेछ। उनि थप्छिन् बलिउड निकै ठुलो छ,नेपाली सिनेनगरी भन्दा धेरै फरक पनि छ। भारतमा डान्सिङ सो जितेकी तेरियाको क्रेज उता पनि निकै छ।

उनलाई माया गर्ने फ्यानहरु नेपाल र भारतमा बराबरी जस्तै छन्। यसकारण धेरैले उनि उतै बलिउडमा जम्छिन् होला भन्ने अनुमान पनि गरेका थिए। तर तेरियाले नेपाली फिल्मबाट नै डेब्यु गर्दैछिन्। यसै सन्दर्भमा उनले बलिउडमा प्रवेश गर्न निकै कठिन रहेको बताएकी छन् ।