ग्याङ्गस्टार ब्लूजमा संयम पुरी पनि रहने पक्का, अन्य आर्टिस्ट २५ गते छानिने

...

पुस, काठमाडौं। चलचित्र ग्याङ्गस्टार ब्लूज मा संयम पुरी पनि रहने भएका छन् । फागुन बाट फ्लोरमा जाने ग्याङ्गस्टार ब्लूजमा आना शर्मा र आशिरमान देशराज मुख्य भुमिकामा रहने यस अघि बताइ सकिएको छ ।साथै यसअघि रोजिशा शाही ठकुरी अनुबन्धीत भएकी थिईन् ।

samyam-puri-artist-khabar
सरोज न्यौपानेले निर्माण गर्ने यस चलचित्रमा अन्य को को आर्टिस्टहरु हुनेछन् भन्ने बारे अझै टुंगो लागेको छैन । यसका लागी निर्माण टिम ले आउँदो २५ गते अनामनगर स्थित मण्डला थिएटरमा
अडिशनका लागी बोलाएको छ । जहाँ चलचित्रमा अभिनय गर्न चाहने जो कोहिले पनि सहभागीता जनाउन पाउनेछन्।

हेमराज बिसीले निर्देशन गर्ने यस चलचित्र २०७४ सालको भदौ २४ गते प्रदर्शन मिति तय भएको बताइएको छ।