काठमाडौँ । गायक तथा स्टेज पर्फमर दुर्गेश थापाले श्रीमती प्राची लामालाई हुन्डाईको ६६ लाखको कार उपहार दिएका छन् । प्राचीले श्रीमानले दिएको गिफ्ट भन्दै सामाजिक सन्जालमार्फत जानकारी गराएकी छिन् । उनले श्रीमान दुर्गेशलाई धन्यवाद दिएकी छिन् ।
पछिल्लो समय दुर्गेश निकै ब्यस्त कलाकार बनिसकेका छन् । अहिले उनको दिनहु जसो स्टेज कार्यक्रम छन् । उनलाई देश तथा बिदेशबाट अफर आइरहेको हुन्छ । पछिल्लो समय दुश्मन हेरेको हेरेई बोलको गीत हिट भएपछि दुर्गेशको ब्यस्तता ह्वात्तै बढेको हो ।







२१ बैशाख २०८२, आईतवार ११:३६ 








