चलचित्र ‘डायरी’को ‘माया माया’ बोलको गीत सार्वजनिक (भिडियो)

...

पुस, काठमाडौं । आउँदो चैत ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘डायरी’को माया माया बोलको गीत सार्वजनिक गरीएको छ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र ‘डायरी’को यसअघि सार्वजनिक गीतपनि दर्शक स्रोताले राम्रै मनपराएका छन् ।
dairy-new-songसार्वजनिक गीतमा मानस राजको शब्द, संगीत तथा स्वर रहेको छ भने अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको छ । अनिल योञ्जनको निर्देशनमा तयार भएको यो चलचित्रमा नायिका रेखा थापा भिलेन अवतारमा प्रस्तुत भएकी छिन् । साथमा, छुल्ठिम गुरुङ र नव-नायक सन्नी सिंह यसका मुख्य कलाकार हुन् । छुल्ठिम गुरुङले नै यो चलचित्रको निर्माण समेत गरेकी हुन् ।