आर्टिस्ट बिष्णुभक्त फुँयालको निधन, अभिनय गर्दा गर्दै बेहोस भएका थिए

...

पुस, काठमाडौं । आर्टिस्ट बिष्णुभक्त फुँयालको निधन भएको छ । काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै उनको निधन भएको हो । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ बैल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएपछि उनलाई उपचारका लागी काठमाडौंको विर अस्पताल पुर्याएपछि उपचारको क्रममा निधन भएको हो ।

bishnu-bhakta-phuyalथुप्रै नेपाली चलचित्रहरुमा अभिनय गरीसकेका बिष्णुभक्तले हाँस्य सिरियल ‘तितो सत्य’मा पनि अभिनय गरेका थिए । थुप्रै चलचित्रहरुमा अभिनय गरेता पनि उनी पछिल्लो समय तितोसत्यमा ‘योर माई लभ’ भन्ने थेगोबाट निकै चर्चित थिए ।

फुयाँलको अन्तिम संस्कार का लागी  पार्थिव शरिर बुधबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने बताईएको छ ।