कुसुम शर्मा ‘सकम्बरी’ले गरिन् इन्गेजमेन्ट

...

काठमाडौँ । प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन् ।

चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो । कुसुमले छिटै विवाह गर्ने बुझिएको छ । दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

कुसुम म्युजिक भिडियोमा व्यस्त मोडल हुन् । उनले फिल्म समेत अभिनय गर्दै छिन् । कुसुमले लामो आफ्नो प्रेमसम्बन्ध लुकाएर राखेकी थिईन्। मिडियाले प्रेमसम्बन्धका कुरा कोट्याउन खोज्दा उनि अरु लुरा गरेर ट़ार्ने गर्थिन्। पछिल्लो समय उनले विश्वाससंग टिकटक बनाएर राख्ने गर्थिन्। उक्त भिडियोबाट नै यी दुई प्रेमसम्बन्धमा रहेको अरुले अकालन गरिरहेका थिए।