रेजिना उप्रेतीलाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’

...

काठमाडौंँ । अभिनेता दीपक राज गिरी र अभिनेत्री रेजिना उप्रेती सम्मानित भएका छन् । छायाँछवि क्रियशनद्धारा बुधबार कीर्तीपुर स्थित कीर्तीपुर सिनेप्लेस हलमा आयोजित १६ औँ छायाँछवि डि सिने अवार्डमा उनीहरु सम्मानित भएका हुन् । समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री बसुन्धरा भुषाल, चैतेदेवी लगायतले दोसल्ला, खादा र सम्मान पत्रबाट सम्मान गरियो ।

सानोपर्दाबाट अभिनयमा प्रवेश गरेका गिरी पछिल्लो समय ठुलो पर्दाको फिल्म निर्माण अभिनयमा सक्रिय छन् । अभिनयमा २५ औँ बसन्त पार गरिसकेकी उप्रेतीले सानो र ठुलोपर्दाका थुप्रै फिल्ममा काम गरेकी छन् । कार्यक्रममा डिजिटल चलचित्र प्रर्वधन तथा ब्यवसायी ओम अग्रवाल, गायिका अनिता कुवँर, निर्माता नविन श्रेष्ठ, संगीत ब्यवसायी शिव पौडेल, मोडल निखिल बिसी, कलाकार प्रिज्योल भण्डारी सम्मानित भए ।

कार्यक्रममा ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पुरस्कार’ रंगपत्रकार गीता अधिकारीलाई प्रदान गरियो । अधिकारीले १५ हजार ५ सया ५५ नगद सहित यो पुरस्कार प्राप्त गरिन् ।