युवराज श्रेष्ठले गरे डिभोर्स फाइलमा हस्ताक्षर

...

काठमाडौँ। आठ महिना अघि युवराज श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री अरुणिमा लम्सालको अन्ततः आधिकारिक रुपमै सम्बन्धविच्छेद भएको छ । अरुणिमाले गत चैतमा अमेरिकाबाट नेपाल आएर अदालतमा डिभोर्सको मुद्धा दर्ता गरेकी थिइन् । युवराजले गत आइतबार बैशाख २८ गते सम्बन्धविच्छेदको फाइलमा हस्ताक्षर गरेका हुन् । यसको पृष्टि उनी स्वयंले गरेका छन् ।

हालै टिकटक लाइभमा आएका उनले डिभोर्सबारे भनेका छन्, ‘मैले बैशाख २८ गते दिनको ४ः१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ । मेरो छुट्टिनु थियो छट्टियो, सक्कियो । बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ ।’

बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय युवराज नेपाली कांग्रेसको बराहक्षेत्र नगर कमिटीका उपसभापति हुन् ।