काठमाडौँ । सम्बन्ध-विच्छेदको हल्लाबीच बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहुजाले आफ्नो पति र आफ्नो सम्बन्धबारे कुरा गरेकी छन्। यस क्रममा उनले हिरोकी श्रीमती बन्न कठोर हृदय हुनुपर्ने धारणा राखेकी छन्।
दाम्पत्य सम्बन्धबारे सुनीता भन्छिन्, ‘३८ वर्ष भइसक्यो। हामी जवान हुँदा धेरै यस्ता कुरा आउँथे। मलाई त्यसले कुनै फरक पार्दैनथ्यो। म धेरै बलियो सोच भएको व्यक्ति हुँ।’
श्रीमान्लाई कत्तिको विस्वास गर्नुहुन्छ भन्ने प्रश्नमा उनि भन्छिन् ‘ म पहिले उनलाई विश्वास गर्थें, अब विश्वास गर्छु भन्न सक्दिनँ।’







२ जेष्ठ २०८२, शुक्रबार १४:०७ 








