पुस, काठमाडौं । भनिन्छ जन्मेपछि एक दिन सबैले मर्नु पर्छ । फरक यति मात्रै हो कि कोहि छिटै यो संसार छाडेर जान्छन् त कोहि ठिला । तर कुनै मरण बिर्सनै नसकिने भैदिन्छ । त्यस्तै भयो नेपाली कला क्षेत्रलाई पनि यस बर्ष ।
यस बर्ष नेपाली कला क्षेत्रले ६ कलाकारलाई गुमाएको छ । नेपाली संगीतका अग्रजदेखि सिनेमाका पर्दामा देखिएका कलाकारसम्म यसै बर्ष हामिले गुमाएका छौ । नेपाली गीतसंगीतमा उनैलाई सुनेर प्रेरीत भएका थुप्रै नेपाली गायक अनि उनैलाई हेरेर सिनेमामा आउने सोच बनाउने कलाकारहरु सम्म सबैका अग्रज स्रष्टालार्य हामिले यस बर्ष गुमायौं । हामि उहांहरु प्रति सदैब सम्मान र माया गर्नेछौ, उहांहरु यो धत्तिमा नभएपनि हामि सबै नेपाली मनहरुमा बस्न सफल हुनुहुन्छ । आज हामि तिनै आम नेपाली मनमा बसेका कलाकारहरु जसलाई हामिले यसै बर्ष गुमायौ, उहांहरुको बारेमा चर्चा गर्नेछौ ।
–
अम्बर गुरुड्ग
नेपाली राष्ट्रिय भाव बोकेका गीतको शिजर्नका लागी चर्चित गायक तथा संगीतकार अम्बर गुरुड्ग पनि यसै बर्ष निधन भएका स्रष्टा हुन् । उनि फ्रेब्रअरी २६, १९३८ मा भारतको दार्जेलिड्गमा जन्मिएका थिए । उनलाई नेपाली गीत संगीतले २०१६ जुन ७ मा गुमाएको हो । अम्बर गुरुड्गले नेपाली राष्ट्रिय गीत सायौ थुंगा फुलका हामिमा संगीत भरेका छन् ।
–
खेमराज गुरुड्ग
वारी जमुना, एकादेशी बजार, धरान पोखरा लगायतका थुप्रै चर्चित गीत गायका गायक खेमराज गुरुड्ग लाई पनि नेपाली संगीतले यसै बर्ष गुमायो । उनि जनवरी १४, १९७५ मा खांदवारीमा जन्मिएक थिए । उनले गायका थुप्रै नेपाली गीतसंगीत अहिले पनि चर्चित नै छन् । सदावहार गीत गाएका उनको अगष्ट २५, २०१६ मा निधन भएको थियो ।
–
आरपी भट्टराई
तितो सत्यको लादालाम उपनामले चर्चित हास्यकलाकार आरपी भट्टराई अर्थात रुद्रप्रसाद भट्टराईको पनि यसै बर्ष निधन भएको छ । ४२ बर्षको उमेर निधन भएका आरपीले तितो सत्य, वडा नम्बर ६, छक्का पञ्जा लगायतका चर्चित सिनेमामा काम गरेका छन् । उनको २०७३ साल मंसिर २४ गते निधन भएको हो ।
–
सुनिल बर्देवा
गोरेटो अनि, प्रियसी, मायालु, सपनिमा लगायतका धुप्रै चर्चित गीत गायका गाक सुनिल वर्देवा सेप्टेम्बर १३, २०१६ मा निधन भएका हुन् । उनि गायक मात्र नभई गीतकार, संगीत संयोजक, संगीतकार सहित गितार बादक समेत थिए । उनि १९७२ मा जन्मेका हुन् ।
–
मधुवावु धापा
मोहनी लायौकी मन्तर गरेर’, ‘भैगो हजुर माया जाल नबुन लगायतका चर्चित गीत गाएका गायक तथा संगीतकार मधुबाबु थापाको पनि यसै बर्ष निधन भएको हो । दाङ स्थायी घर भएका थापाको ६३ वर्षको उमेरमा निधन भएको हो । उनले ५ सय भन्दा बढी लोक, आधुनिक, शास्त्रिय गीतमा स्वर र संगीत दिएका छन् । उनको पनि यसै बर्ष पुष ७ गते ६३ वर्षको उमेरमा निधन भएको हो ।
–
बिष्णुभक्त फुयांल
बि.सं. २००२ मा जन्मेका कलाकार बिष्णुभक्त फुयांलको पनि यसै बर्ष निधन भएको हो । तितो सत्यको ओ माई लभ बाट चर्चित कलाकार बिष्णुभक्तको नाटक गर्दा गदै नाटकिय शैलीमै निधन भएको हो । उनले तितो सत्य देखि बिभिन्न नाटकमा अभिनय गरेका छन् । उनको पनि यसै बर्ष पुष १९ गते बिर अस्पतालमा निधन भएको हो ।
प्रस्तुतीः दिवश हुमागाई ।