सलमानको मध्यरातको ट्विटको चर्चा, आखिर के थियो त्यस्तो ?

...

पुस, काठमाडौं । बलिउडका सुपरस्टार सलमान खान बेलाबखतमा चर्चामा आईरहन्छ । उनले बोलेका कुरा तथा गरेका कुराहरु बाट उनी चर्चामा आईरहेको पाइन्छ । कहिले जेलको कुरा त कहिले प्रेमको कुरामा चर्चा पाइरहेका सलमानको यतिखेर फेरी अर्को कुराको चर्चा चलेको छ ।
salman-khan

भारतीय सञ्चारमाध्यमहरुमा तथा सामाजिक सञ्जालमा यतिखेर सलमानले मध्यरातमा ट्विटरमा ट्विट गरेको कुरालाई लिएर चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा उनले गरेको उक्त ट्विटलाई लिएर बलिउडकै आर्टिस्टहरुले सोध्न थालेका छन् ।

आखिर के थियो त्यस्तो ट्विटमा ?
बिश्लेषकहरुले चाँहि सलमानको त्यो ट्विटलाई आदित्य राय कपुरको फिल्मको प्रचारको रुपमा बुझेका छन् । किनकि, सलमान आँफैले ट्विटरमा आदित्य राय कपुरको नाम मेन्सन गरेका छन् । खासमा सलमानले ट्विटरमा एउटा फोटो राख्दै आदित्यलाई त्यससँग जोडेका हुन् । सलमानले राखेको तस्बिर उनकै ट्रेडमार्क तस्बिर हो । तर, त्यसमा देखिएका अर्का ब्यक्तिचाँहि को हुन् भन्ने कुरामा धेरैले आदित्य भनेर अनुमान गरेका छन् ।
salman-khan-twitter