५५ घर निर्माणका लागी धुर्मुस सुन्तलीले गरे मुसहर बस्ती शिलान्यास

...

धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिबास मा निर्माण गर्ने मुसहर बस्तीको शिलान्यास गरेको छ । सोमबार महजोडि सहित त्यहा पुगेका कलाकारको टोलीले ५५ घर निर्माणको शिलान्यास गरेका हुन् ।

musahar-basti-silanyas-02

फाउन्डेसनको शिलान्यास कार्यक्रममा पुगेका कलाकार महजोडीले एक लाख रकम सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै उत्त अबसरमा कलाकार किरण केसीले १० हजार, पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले सांसद विकास कोषबाट १० लाख रुपैया बस्ति निर्माणका लागी धुर्मुस सुन्तली फाउन्डेसनलाई दिने घोषणा गरेका छन् । हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले यो मुसहर बस्ति तेस्रो एकीकृत बस्ती निर्माण गर्र्न लागेका हुन् । भूकम्पपीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले महोत्तरीको वर्दिबास दुईमा एकीकृत नमूना मुसहर बस्ती निर्माण गर्न लागेको हो ।

musahar-basti-silanyas-01


धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले नयाँ एकीकृत बस्ती निर्माणका लागि ४ करोड ७८ लाख लगानी लाग्ने बताए । उनले केहि सहयोग रकम पाईसकिएको बताउदै गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया मुसहर बस्ती निर्माणका लागि खर्च गरिने बताए । यसै बर्ष चैत अन्तिम सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मुसहर बस्तिमा जम्मा ५५ घर निर्माण गरिने छ । जसमा एक मन्दिर, एक सामुदायिका भवन र वाल मैत्री भवन पनि निर्माण गरिने बताईएको छ ।

musahar-basti-silanyas-03

धुर्मुस सुन्तलीले बस्ति निर्माणको सिलान्यास गदै गर्दा मुसहर बासीहरुको अनुहार खुसीको आंशु झरेको देख्न सकिन्थ्यो । उनिहरुले धुर्मुस सुन्तली आफ्नो् भगवान भएको भन्दै फुल माला लगाएर सम्मान गरे । ६ महिना भन्दा अघि स्कुल नजाने आफ्ना छोराछोरी सम्झदै त्यहाका स्थानीय बासिन्दाले धुर्मुस सुन्तलीकै कारण बालबालीका स्कुल जान पाएको बताए । त्यहाका स्थानीय बासीका अनुसार बालबालीका फोहोर भएको कारण स्कुल आउन नदिने शिक्षक संग धुर्मुसले कुराकानी गरेपछि अहिले सबै बालबालीका स्कुल गईरहेका छन् ।